
काठमाडौं २०७७ चैत्र ८
पिछिल्लो बितेको २४ घन्टामा थप ७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।। संक्रमितको संख्या थपिएसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ७५ हजार ९०६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
त्यस्तै पछिल्लो २४ घन्टामा थप १०६ जना निको भएर घर फर्किएका छन । यो सहित कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख ७१ हजार ९२१ पुगेको छ।
मन्त्रालयका अनुसार हाल ४८ जना क्वारेन्टाइनमा र ९६९ जना आइसोलेसनमा रहेका छन्।
आइतबार कोरोनाबाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोनाबाट ३१६ जनाको मृत्यु भइसकेको छ।