रुपन्देहीको तिलोत्तमामा युवतीको बलात्कारपछि हत्या प्रयास, प्रहरी जवान पक्राउ

मणीग्राम

रुपन्देहीको तिलोत्तमामा एक प्रहरी जवानद्वारा युवतीमाथि बलात्कारपछि हत्याको प्रयास भएको खुलेको छ । इलाका प्रहरी कार्यालय बुटवलले दिएको जानकारी अनुसार सो तथ्य खुलेको हो । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक प्रतित सिंह राठौरका अनुसार प्रहरी जवानले तिलोत्तमा–११ की अन्दाजी १९ वर्षिया युवतीलाई बलात्कार गरी हत्या प्रयास गरेको अभियोगमा मुद्दा दर्ता भएको जानकारी दिनुभएको छ ।

आरोपित नवलपरासीको जर्घामा कार्यरत अन्दाजी २२ वर्षिय प्रहरी जवानलाई पक्राउ गरि कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ । पिडित युवतीको परिवारीक श्रोतले जनाए अनुसार अनुसार शनिबार विहान ती युवकले युवतीलाई बलात्कार गरी घाँटी थिचेर हत्या गर्ने प्रयास गरेका थिए । ‘युवतीको घाँटीमा झोलाको फिताले कसेर लतार्दै जँगलमा फ्याकिएको पारिवारिक श्रोतले सन्चारकर्मी सँग कुरा गर्दै युवती वेहोस भइसकेपछि युवकले मर्यो भन्ने ठानेर त्यसै छोडेर फरार भएको उल्लेख गरिएको । पछि युवती आफै उठेर अचेत अवस्थामा हिँडीरहेको देखेपछि स्थानीयले उद्दार गरेका थिय ।’

घटना बारे जानकारी पाएलगत्तै स्थानीयले प्रहरीलाई खबर गरेपछि आरोपित पक्राउ परेका छन् । पीडित युवतीलाई रुपन्देहीको एक अस्पतालमा उपचारका लागि भर्ना गरिएको प्रहरिले बताएको छ

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *