आज विश्व जल दिवस : केन्द्रीय राजधानी काठमाण्डौमा नै पानीको अभाव

[sharethis-inline-buttons]

लुदअ चैत ९, काठमाण्डौ
आज विश्व जल दिवस हो । मार्च २२ को दिनलाई विश्व जल दिवसको रुपमा मनाइँदै आएको छ । ुपानीलाई महत्व दिउँु भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरि यो दिवस मनाइँदैछ ।

पानीमा रहेको पर्यावरणीय, सामाजिक र साँस्कृतिक महत्व बुझ्न र बुझाउन आज कार्यक्रम हुँदै छन् । अव्यवस्थित विकास निर्माणका कारण भविष्यमा पानीको संकट पर्न सक्ने भन्दै यस बारे सचेतना जगाउन सन् १९९२ मा ब्राजिलको रियो द जेनेरियोमा भएको संयुक्त पर्यावरण र विकासको संयुक्त राष्ट्र संघको भेलाले जल दिवस मनाउने घोषणा गरेको थियो । त्यस पछि सन् १९९३ देखि यो दिवस मनाउन थालिएको हो ।

विभिन्न अध्ययनका अनुसार पृथ्वीको झण्डै तीन चौथाई हिस्सा पानीले भरिएको छ । तर, यसमध्ये तीन प्रतिशत मात्रै पानी पिउन योग्य छ । विश्वमा पिउने पानीको समान वितरणमा चुनौती थपिदै गएको छ । विश्वकै जलस्रोतमा दोस्रो धनी देश भनिए पनि नेपालमा पिउने पानीको अभाव छ । पानीका मुहान र स्रोतको संरक्षण नहुँदा समस्या बढ्दो छ ।

बढ्दो शहरीकरणका कारण केन्द्रीय राजधानी काठमाण्डौ उपत्यकामा नै पानीको अभाव छ । उपत्यकाका धेरैजसो धारामा पानी नै आउँदैन । यस्तै, जलवायु परिवर्तनको असरले हिमाल पग्लिन थालेकोले पनि यसको संरक्षणमा चुनौती बढेको छ ।


प्रकाशित : २०७७ चैत्र ९, सोमबार ०२:१५