एमालेले नेपालसहित चार नेतालाई स्पष्टीकरण पत्र थमायो

काठमाडौं ,२०७७ चैत्र ९
पार्टी विपरित काम गरेको भन्दै नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल सहित चारजना नेताहरुलाई स्पष्टीकरण पत्र थमाएको छ । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली समूहको केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार उनीहरुलाई सोमबार स्पष्टिकरण पत्र थमाइएको हो।

एमाले केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले सोमबार चारैजना नेताहरुलाई स्पष्टीकरण सोधिएको पत्र थमाइएको जानकारी दिएका छन्। गत शनिबार बालुवाटारमा बसेको एमाले केन्द्रीय समिति बैठकले पार्टी हित विपरित काम गरेको भन्दै नेकपा एमाले का वरिष्ठ नेता माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।

चारै नेताले पार्टी हितविरुद्ध काम गरेको, सरकारको बदनाम गर्न गुट भेला गरेको र पार्टी नेतृत्वलाई खुइल्याउने काम गरेको भन्दै ओली समूहको केन्द्रीय कमिटी बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।

पार्टी अध्यक्ष ओलीले बालुवाटारमा बोलाएको बैठकमा माधव नेपाल समूहका केन्द्रीय सदस्य भने सहभागी भएका थिएनन्।

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *