सामुदायिक रेडियोमा सकरात्मक सन्देशभन्दा राजनिती प्रचार :सञ्चारमन्त्री गुरुङ

ByLumbini Darpan Online

९ चैत्र २०७७, सोमबार ११:०४ ९ चैत्र २०७७, सोमबार ११:०४ ९ चैत्र २०७७, सोमबार ११:०४

काठमाडौं, २०७७ चैत्र ९
पछिल्लो समयमा ‘सामुदायिक रेडियोले समाजमा सकारात्मक परिवर्तन गर्नेभन्दा पनि राजनीतिक प्रचार गरेको सञ्चारमन्त्री  पार्वत गुरुङले बताएका छन । सामुदायिक रेडियो प्रसारक सङ्घ अकोराब नेपालको २०औँ स्थापना दिवसका अवसरमा आज आयोजित ‘सामुदायिक रेडियोः नीतिगत बहस’ विषयको अन्तरक्रियामा सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले राजनीतिक दलको रेडियो जस्तो भएको छ, राजनीतिक प्रतिस्पर्धाका निम्ति रेडियो खोलिएको छ,’ उनले भने , ‘सामुदायिक रेडियोलाई जिम्मेवार, जवाफदेही र पारदर्शी बनाउन जरुरी छ ।’ उनले समय सामुदायिक रेडियोका नाममा भएका विकृति हटाउनुपर्ने जनाउँदै सामुदायिक रेडियोमा प्रसारण हुने विषयवस्तुबारे पनि समीक्षा हुुनुपर्नेमा जोड दिए ।

सूचना प्रविधिमन्त्री गुरुङले सामुदायिक रेडियोहरुलाई नियमन गर्न आवश्यक रहेको कुरामा पनि जोड दिएका छन । सामुदायिक रेडियोहरु यसको मर्मअनुरुप नचलेको बताउँदै नियमन गर्नु आवश्यक रहेको आँलाए ।

मन्त्री गुरुङले सामुदायिक रेडियोहरूले आफुले उत्पादन गर्ने समाचार तथा कन्टेन्टहरुको विषयमा पनि नीतिगत रुपमा बहस गर्नुपर्ने बताए । सामुदायिक रेडियोको मर्म र भावना अनुरुपको कार्यक्रम ,समाचार उत्पादन गर्ने एजेण्डा सामुदायिक रेडियोको हुनुपर्ने उनको भनाई छ । ‘सामुदायिक रेडियोको अब कन्टेन्ट कस्तो बनाउने भन्ने कुरो तपाइँहरुको मुद्दा हुनुपर्दैन जसले जे समाचार उत्पादन गरेपनि, जे गरेपनि, जे समाचार सम्प्रेषण गरेपनि हुने’ उहाँले प्रश्न गर्दै मन्त्री गुरुङले भने, ‘कन्टेन्ट कस्तो हुनुपर्छ सामुदायिक रेडियोले आजको प्रस्तुतिमा तपाइँहरुको नीतिगत रुपमा पनि आउनुपर्ने विषय हो ।’

यस्तै मन्त्री गुरुङले रेडियो फिक्वेन्सीमा देखिएको समस्या समाधानका निम्ति ‘राष्ट्रिय फ्रिक्वेन्सी नीति’ बनाएर समाधान गरिने बताए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *