आज १५० जनामा देखियो कोरोना संक्रमण , तिनको जनाको गयो ज्यान

[sharethis-inline-buttons]

काठमाडौँ २०७७ चैत्र ९

आज नेपालमा १५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पल्छिल्लो २४ घण्टामा ४ हजार ४७२ जनामा आरटिपिसिआर परिक्षण हुदा १५० जना नया कोरोना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ७६ हजार ५६ पुगेको छ ।

त्यस्तै आज ९९ जना संक्रमित निको भएर घर पलर्किएका छन । योसगैँ २लाख ७२ हजार २० जना निको भएको मन्त्रालयले जनाएको छ। नेपालमा कोरोना १ हजार १७ जना सक्रिय कोरोना संक्रमित रहेका छन ।

आज तिन जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १९ पुगेको छ । हाल नेपालमा कोरोनाबाट निको हुने दर भने ९८ दशमलव ५ प्रतिशत रहेको छ । मृत्यु हुनेको दर भने सून्य दशमलव १ दशमलव ९ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।


प्रकाशित : २०७७ चैत्र ९, सोमबार ११:२८