मनाङका केही स्थानमा यातायात सञ्चालन

मनाङ आश्विन १ माथिल्लो मनाङ, चामे र नासों गाउँपालिकाको खोत्रोसम्म यातायातका साधन सञ्चालनमा आएका छन्। गत असार १ मा मस्र्याङ्दी नदी र खोलानालामा आएको बाढीपहिराले ती क्षेत्रको यातायात अवरुद्ध भएको थियो । सोही बाढीपहिराले बेँसीसहर–चामे सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएको थियो। सो सडक खण्डको केही भागमा मर्मत तथा सम्भार...

१ हजार ८६ कोरोना संक्रमित थपिए, १ हजार ३५१ जना संक्रमणमुक्त, १० जनाको मृत्यु

काठमाडौँ,आश्विन १   पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार ६६५ पीसीआर परीक्षणमा शुक्रबार थप १ हजार ८६ जनामा संक्रमण पुष्टि भएको हो ।एन्टिजेन विधिद्वारा गरिएको ३ हजार ७२० परीक्षणबाट ४७२ जनामा पोजिटिभ पुष्टि भएको हो।पछिल्लो २४ घण्टामा...

करेन्ट लागेर दुवियामा ४ भैसी मरे

लुदस, कपिलवस्तुको बुद्धभुमि नगरपालिका ३ दुविया करेन्ट लागेर ४ वटा माउ भैसी मरेका छन् । दुवियाका स्थानिय पवित्रा गैरे, पुरोत्तम गैरे, विष्णु खनाल, चोपलाल बेल्वासे, का ४ वटा माउ भैसी करेन्ट लागेर घट्ना स्थलमै मरेका हुन् । रेसिडेन्सीयल विधालयको बसले तार चुडाएपछी जंगल लैजादै गरेका भैसीलाई बाटोमा करेन्ट लागेको स्थानियले...

Latest Posts

छोराको अवस्था पत्ता लगाउन बावुले गरे मलेसियाबाट अनुरोध

लुदस, नवलपरासीको बर्दघाट सुस्ता...

राष्ट्रिय युवा संघ बाणगंगा ८ वडा कमिटि अधिवेशनको सम्पुर्ण तयारी पुरा

हरि आचार्य, कपिलवस्तु नेकपा...

मनाङका केही स्थानमा यातायात सञ्चालन

मनाङ आश्विन १ माथिल्लो...

Latest Posts

छोराको अवस्था पत्ता लगाउन बावुले गरे मलेसियाबाट अनुरोध

लुदस, नवलपरासीको बर्दघाट सुस्ता पश्चिम १४ कांग्रेसचोक घर भई हाल मलेसियामा रहेका अर्जुन चाप्कोटेले आफ्नो १४ वर्षिया छोराको अवस्थाबारे पत्ता लगाईदिन हार गुहार गरेका छन् । गत चैत्र १२ गते घरबाट हिडेको छोरा केही समयपछी विरगंज पुगेर फोन गरेको र सम्पर्क विहिन भएको भन्दै अवस्थाबारे खोजविन गरिदिन लुम्बिनी दर्पण मार्फत मानव अधिकारकर्मी प्रहरी र आम […]

Arv

l

राष्ट्रपति भण्डारी पुगिन ढाकामा, महत्वपूर्ण भेटवार्ता आजै हुने

ढाका ,२०७७ चैत्र ९
राष्ट्रपति विद्यादेवी भण्डारी मित्रराष्ट्र बङ्गलादेशको राजकीय भ्रमणको सिलसिलामा सोमबार बिहान राजधानी ढाकामा पुगेकी छन् । बङ्गलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दी विशेष समारोहका अवसरमा बङ्गलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिदका मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी बिहान स्थानीय समयानुसार १० बजे ढाकास्थित हजरत सहजलाल अन्तरराष्ट्रिय विमानस्थलमा पुगेकी हुन्।

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स को विशेष विमानबाट आइपुगेकी राष्ट्रपति भण्डारीलाई समकक्षी हमिदले विमानस्थलमा स्वागत गरे। राष्ट्रपति भण्डारीलाई विमानाट ओर्लेलगत्तै बङ्गलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्रले पनि स्वागत गरेका थिए।

राष्ट्रपति भण्डारीलाई विमानस्थलमा २१ तोपको सलामीसहित ‘गार्ड अफ अनर’ दिइयो । राष्ट्रपति भण्डारीले त्यसपछि यहाँको राष्ट्रिय शहीद स्मृति, सभारमा शहीदप्रति श्रद्धाञ्जलि अर्पण गरिन्। त्यहाँ उनले वृक्षरोपण पनि गरिन् । राष्ट्रपति भण्डारी हाल आवासका लागि प्रबन्ध गरिएको इन्टरकन्टिनेन्टल होटेल पुगेकी छन्

राष्ट्रपति भण्डारी आजै बङ्गलादेशका राष्ट्रपति हमिदसँग द्विपक्षीय भेटवार्ता गर्नाका साथै द्विपक्षीय सम्झौता समारोहमा सहभागी हुने कार्यतालिका छ।बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले पनि राष्ट्रपति भण्डारीसँग आजै शिष्टाचार भेट गर्ने कार्यक्रम छ । ।

राष्ट्रपतिको भ्रमण दलमा राष्ट्रपतिकी सुपुत्री उषाकिरण भण्डारी, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, राष्ट्रपतिका सूचना तथा सञ्चारविज्ञ टीकाप्रसाद ढकाल, नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, राष्ट्रपतिको कार्यालयका सचिव डा हरि पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव यादवप्रसाद कोइराला, परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराई, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारीलगायत छन्।यस्तै परराष्ट्र मन्त्रालयका सहसचिव यज्ञबहादुर हमाल, मन्त्रालयका शिष्टाचार महापाल डा दुर्गाबहादुर सुवेदी, राष्ट्रपतिका निजी चिकित्सक डा। कैलाश भण्डारीलगायत ढाकास्थित नेपाली दूतावासका समेत गरी ५४ जना भ्रमण दलमा छन्। भ्रमण दलमा अशोकुमार राईका नेतृत्वमा सांस्कृतिक कलाकर्मीको १९ सदस्यीय टोली तथा तीन सञ्चारकर्मी पनि रहेका छन्

Facebook Comments Box

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: