शेयर बजारमा देखियो सामान्य सुधार, ५ अर्ब बढीको कारोबार

काठमाडौं,२०७७ चैत्र १०
आज नेप्सेमा सामान्य सुधार आएको छ । साताको तेस्रो दिन आज मंगलबार ०।५८ प्रतिशत अर्थात १४।५७ अंकले बढेर २५२८।९५ विन्दुमा पुगेको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ०।०९ अंकले बृद्वि भएर ४४८।८९ विन्दुमा पुगेको हो ।आज १२ उपसमुह मध्ये ६ उपसमुहको परिसुचक बढेको छ भने ६ उपसमुहको परिसुचक बढेको छ । सबैभन्दा धेरै व्यापार उपसमुहको ९।३४ प्रतिशत परिसुचक बढेको छ भने बैकिङ्ग, विकास बैंक, फाइनान्स लगायतको नेप्से परिसुचक घटेका छन् ।

त्यस्तै,आज पन्चकन्या माई हाइड्रोपावर लिमिटेडको ४।१५ प्रतिशतले नेप्से परिसुचक घटेको छ । त्यस्तै सप्तकोशी विकास बैंक लिमिटेडको ३।६१ प्रतिशतले सुचक घटेको छ । आज नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सबैभन्दा धरै कारोबार भएको छ । बैंकको ५२ करोड ६० लाख भन्दा बढीको कारोबार भएको छ । नेप्सेको अनुसार अपर तामाकोशीको ३२ करोड ८१ लाख भन्दा बढीको कारोबार भएको छ ।

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *