आइसोलेसन र क्वारेन्टिनलाई तयार राख्न गृहको सबै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार

ByLumbini Darpan Online

११ चैत्र २०७७, बुधबार ०६:४२ ११ चैत्र २०७७, बुधबार ०६:४२ ११ चैत्र २०७७, बुधबार ०६:४२

काठमाडौँ ।
सरकारले आइसोलेसन र क्वारेन्टिनलाई तयार राख्न सबै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको छ । कोरोना महामारीको जोखिम बढेको भन्दै गृहमन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेर स्वास्थ्य मापदण्डसमेत अनिवार्य लागू गर्न निर्देशन दिएको हो ।

यसअघि कोरोना महामारी उच्च रहेका बेला विद्यालय, अन्य शैक्षिक संस्था, सरकारी भवन लगायतलाई क्वारेन्टिन र आइसोलेसन बनाइएको थियो ।

गृहले तयारी हालतमा राख्न सकिने क्वारेन्टिन र आइसोलेसनको विवरण पनि पठाउन जिल्ला प्रशासनलाई निर्देशन गरेको छ । गृहले होटल रेस्टुराँ, डान्सक्लब, पार्टीलगायत रात्रिकालीन व्यवसाय सञ्चालनमा जोखिम हेरेर मापदण्ड हेरफेर गर्ने अधिकार प्रशासनलाई दिइएको जनाएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *