एमाले पार्टी कार्यालय अब थापाथलीमा

नेकपा एमाले०को पार्टी कार्यालय थापाथलीमा रहने भएको छ । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले बुधबार कार्यालय भवनको निरीक्षण पनि गरेका छन्। थापाथली पुगेर नयाँ पार्टी मुख्यालयको भवनको निरीक्षण गरेको पार्टी कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए। एमालले थापाथली हाइटस्थित उमंगमार्गमा रहेको एक व्यवसायीको घरलाई पार्टी कार्यालय बनाएको हो। उक्त घर पाँच वर्षको लागि भाडामा लिएको पनि जानकारी दिइएको छ ।
कार्यालय सचिव रिजालले चक्रपथ विस्तारका क्रममा कार्यालयमा आउजाउ गर्न कठिन हुने भएकाले धूम्रबाराही स्थित पार्टी मुख्यालय थापाथलीमा सर्न लागिएको जानकारी दिए। ुचक्रपथ विस्तारका क्रममा धुलोधुवाँ हुने भएकाले अहिलेको कार्यालयमा आवतजावत गर्न समस्या हुन्छ,ुउनले भने, त्यसैले थापाथलीमा कार्यालय सर्न थालिएको हो । हामी चाँडै सर्छौँ।ु
२०७२ सालको भूकम्पले बल्खु, मदननगरस्थित पार्टी मुख्यालय भत्किएपछि एमालेले धूम्रबराहीस्थित पासाङल्हामु स्मृति प्रतिष्ठानको कार्यालय भाडामा लिई पार्टी मुख्यालय सञ्चालन गरेको थियो ।

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *