आज १४५ जनामा देखियो कोरोना, १ जनाको मृत्यु,९० जना निको

[sharethis-inline-buttons]

काठमाडौं, २०७७ चैत ११
नेपालमा आज १४५ जनाकोरोना संक्रमित थपिएका छन ।।वितेको पछिल्लो २४ घण्टामा ३ हजार ९६३ जनाको पिसिआर परिक्षण गर्दा १४५ जनामा कोरोना पुष्टि भएको र यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार ३ सय ८९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ९० जना संक्रमित डिस्चार्ज भइ घर फर्केका छन। योसँगै कोरोना संक्रमणबाट निको हुनेको संख्या २ लाख ७२ हजार १८७ पुगेको छ। अब कोरोना संक्रमणका सक्रिय विरामीको संख्या १ हजार १८२ रहेको मन्त्रालयले जनाएको छ।
त्यस्तै आज १ जना संक्रमितको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार २० पुगेको छ ।


प्रकाशित : २०७७ चैत्र ११, बुधबार १२:०६