रुपन्देहीको तिलोत्तमामा नगरपालिका उत्कृष्ट नगरपालिकाको रुपमा सम्मानित

ByLumbini Darpan Online

११ चैत्र २०७७, बुधबार १२:३० ११ चैत्र २०७७, बुधबार १२:३० ११ चैत्र २०७७, बुधबार १२:३०

बुटवल २०७७ चैत्र ११
रुपन्देहीको तिलोत्तमा नगरपालिका उत्कृष्ट नगरपालिकाको रुपमा  सस्मानित भएको छ ।नेपाल नगरपालिका संघको २८ औँ वार्षिक साधारणसभाको अवसरमा आयोजना भएको कार्यक्रममा तीन नगरपालिकालाई पुरस्कृत गरेको संघका अध्यक्ष एवं धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले जानकारी दिए । देशभरका २७६ नगरपालिकाहरु मध्ये तिलोत्तमा नगरपालिकाले आर्थिक वर्ष २०७६र७७ मा शहरी सेवा तथा सुशासनको क्षेत्रमा उल्लेख्य सेवा प्रवाह गरेको भन्दै नेपाल नगरपालिका संघले तिलोत्तमालाई उत्कृष्ट नगरपालिका रुपमा सम्मान गररिएकोको हो ।नेपाल नगरपालिका संघको २८ औं वार्षिक उत्सववको अवसरमा प्रधानमन्त्री केपी ओलीले तिलोत्तमाका नगरप्रमुख बासुदेव घिमिरे र उपप्रमुख जागेश्वरी चोधरीलाई कदर पत्र प्रदान गरेका छन् ।

पुरस्कृत हुने नगरपालिकामा झापाको कनकाई, रुपन्देहीको तिलोत्तमा र स्याञ्जाको वालिङ नगरपालिका रहेका छा । यी नगरपालिकालाईलाई विभिन्न सूचकका आधारमा उत्कृष्ट घोषणा गरिएको हो । ती नगरपालिकालाई वातावरण, सुशासन र वित्तीय क्षेत्रमा उत्कृष्ट काम गरेको भनेर पुरस्कृत गरीएको हो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *