सङ्क्रमितको संख्या उच्च भएमा लकडाउन हुन सक्छ, स्वास्थ्य मन्त्रालय ।।

[sharethis-inline-buttons]

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना सङ्क्रमितको संख्या उच्च भएमा लकडाउन हुन सक्ने बताएको छ । सङ्क्रमणको चक्र रोक्नका लागि लकडाउन गर्नुपर्ने अवस्था आउन सक्ने मन्त्रालयले जनाएको हो । आज मन्त्रालय द्वारा आयोजित नियमित मिडिया ब्रिफिङमा सह प्रवक्ता डा. समीरकुमार अधिकारीले मानिसहरुले अनावश्यक भिडभाड बढ्नु, मास्क नलगाउनु, सामाजिक दुरी कायम नगर्नु, भेटघाट तथा गोष्ठी बढ्नुले सङ्क्रमितको संख्या बढ्दै गएको बताउनुभयो । उहाँले लडकाउन गर्नु सरकारको उद्देश्य नभएपनि सरकारले परिस्थित अनुसार नीतिगत निर्णय गरेर सङ्क्रमणको चक्र रोक्नुपर्ने बताउनुभयो । आउँदै गरेको होली घरमै बसेर मनाउन र अनावश्यक भिडभाड नगर्न आग्रह पनि उहाँले आग्रह गर्नुभएको छ ।


प्रकाशित : २०७७ चैत्र ११, बुधबार १३:३८