भारतले कोरोना भाइरस खोपको निर्यातमा लगायो रोक

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

काठमाडौं, २०७७ चैत्र १२

भारतले अक्सफर्ड(आस्ट्राजेनेका खोपको सबै निर्यातहरूमाथि अस्थायी रोक लगाएको छ। कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढिरहेकाले यस्तो निर्णय भएको रोकिएको विदेशमन्त्रालय स्रोतलाई उद्दृत गर्दै बीबीसीले जनाएको छ।
भारतले अहिलेसम्म ७६ देशमा गरी ६ करोड भन्दा बढी खोप निर्यात गरिसकेको छ र त्यसमा धेरै अक्सफर्ड(आस्ट्राजेनेकाकै खोप परेको छ। भारतले अप्रिल १ तारिखबाट ४५ वर्षमाथिकालाई खोप कार्यक्रम सुरु गर्न लागेकाले पनि अधिकारीहरूले माग बढ्ने ठानेका छन्। उनीहरूका अनुसार एप्रिलसम्म खोपको आपूर्ति रोकिने सम्भावना छ, तर मे महिनामा भने अवस्था केही हलुका हुनसक्छ। त्यतिबेलासम्म अर्को एउटा खोपले पनि आपत्कालीन प्रयोगका लागि स्वीकृति पाउने ठानिएको छ।

बीबीसीका अनुसार साताहरूमा घरेलु माग बढ्ने र खोप भारतमै आवश्यक पर्ने उनीहरूले बताएका छन्। भारतको यो कदमले अप्रिलको अन्त्यसम्म आपूर्तिमा असर गर्ने ठानिएको छ। यसले कोभ्याक्स योजनाअन्तर्गत रहेका करिब १९० राष्ट्रलाई असर गर्नसक्ने सम्भावना छ।

विश्व स्वास्थ्य संगठनको नेतृत्वमा रहेको यो योजनाले सबै देशहरूमा खोप निष्पक्षरूपमा बाँडियोस् भन्ने उद्देश्य राखेको छ। भारतको सबैभन्दा ठूलो खोप निर्माता सिरम इन्स्टिच्युट अफ इन्डिया ९एसआइआइ०ले थुप्रै देशमा आस्ट्राजेनेका खोप पठाउने काममा ढिलाइ गरेको छ। हालैका दिनमा त्यसको मारमा यूके र ब्राजिल परेका छन्।

विदेशमन्त्रालयको वेबसाइट अनुसार बिहीबार यता भारतले कुनै निर्यात गरेको छैन। एसआइआइ ( विश्वको सबैभन्दा ठूलो खोप निर्माता कम्पनीले यसअघि नै आस्ट्राजेनेका खोप पठाउने काम ब्राजिल, युके, साउदी अरेबिया र मोरोक्कोमा ढिला गरिसकेको छ।
भारतीय सरकारले जनवरी १६ तारिखबाट खोप कार्यक्रम सुरु गरेको थियो र अहिलेसम्म दोस्रो लहर आउनसक्ने आशङ्कामाझ ४ करोड ७० लाख मानिसलाई उसले खोप लगाइसकेको छ। अधिकारीहरूले सात महिनाभित्र ६० करोडलाई खोप लगाउने आशा राखेका छन् जुन भनेको प्रतिमहिना ८ करोड ५० लाख मानिसलाई खोप लगाउनु हो।

गत साता, बीबीसीले ५० लाख खोप पठाउन चार साताका लागि रोकिएको भनेर समाचार लेखेको थियो। एसआइआइका प्रवक्ताले त्यतिबेला भनेका थिए, ुसरकारको खोप कार्यक्रमको आवश्यकता र तत्कालको अवस्था हेरेर हामी पछि आपूर्ति गर्ने कोसिस गर्छौं।ु

भारतीय सरकारले जनवरी १६ तारिखबाट खोप कार्यक्रम सुरु गरेको थियो र अहिलेसम्म दोस्रो लहर आउनसक्ने आशङ्कामाझ ४ करोड ७० लाख मानिसलाई उसले खोप लगाइसकेको छ। अधिकारीहरूले सात महिनाभित्र ६० करोडलाई खोप लगाउने आशा राखेका छन् जुन भनेको प्रतिमहिना ८ करोड ५० लाख मानिसलाई खोप लगाउनु हो।

गृहमन्त्रालयका सहसचिव एवम् प्रवक्ता चक्रबहादुर बुढाका अनुसार मन्त्रालयले केही दिन अगाडि नै सबै जिल्ला प्रशासन कार्यालयमा परिपत्र गरेको हो ।
भारतमा कोरोना संक्रमण बढ्दै गएपछि सरकारले गोष्ठी, भेला, सम्मेलन नगर्न अनुरोध गर्दै आएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गतवर्ष चैत ११ गतेदेखि नै सरकारले लकडाउन गरेको थियो ।

कोरोना संक्रमणको त्रास सुरु भएको एक वर्षपछि पुनः संक्रमण बढ्न थालेपछि सरकारले रोकथाम तथा नियन्त्रणका लागि तयारी अवस्थामा रहन सम्बन्धित निकायलाई निर्देशन दिएको हो ।

संक्रमणको जोखिम बढ्दै गएको भन्दै मन्त्रालयले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन परिपत्र गरेको उनको भनाइ छ । ‘स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन विज्ञप्ति सार्वजनिक गरे लगत्तै गृहमन्त्रालयले चैत ९ गते नै ७७ जिल्ला प्रशासन कार्यालयमा परिपत्र गरेको हो’, प्रवक्ता बुढाले भने ।


प्रकाशित : २०७७ चैत्र १२, बिहीबार ०८:४५