माधव झलनाथ पक्षले केन्द्रीय सदस्यहरुको बैठक बोलायो

[sharethis-inline-buttons]

काठमाडौं २०७७ चैत्र १२
शुक्रबार नेकपा एमालेका माधव(झलनाथ पक्षले केन्द्रीय सदस्यहरुको बैठक बोलाएको छ। शुक्रबार बिहान ११ बजे एक होटलमा काठमाडौंमा उपलब्ध केन्द्रिय सदस्यलाई बोलाइएको एमालेका एक नेताले जानकारी दिए।

पार्टीमा देखिएको विवाद र आफ्ना पक्षका ४ जना नेताहरुलाई सोधिएको स्पष्टीकरणबारे छलफल गर्न बैठक बोलाइएको बताइएको छ। पार्टी हित विपरित काम गरेको भन्दै नेकपा एमालेले माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोधेको छ। शनिबार बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार एमाले महासचिव ईश्वर पोखरेलले उनीहरुलाई स्पष्टीकरण सोधेका थिए। तीन दिनभित्र स्पष्टीकरणसहित लिखित जवाफ प्रस्तुत गर्न उनीहरुलाई समय दिएपनि अहिलेसम्म स्पष्टीकरण दिएका छैनन्।

नेपाल पक्षका नेताहरुले स्पष्टीकरणको जवाफ तयार भइरहेको जनाएका छन्। यहि विषयमा छलफल गर्न नेपाल पक्षको बुधबार स्थायी कमिटी सदस्यहरुबीच छलफलसमेत भएको थियो।


प्रकाशित : २०७७ चैत्र १२, बिहीबार ०८:५९