ताजा अपडेट

वाणगंगामा लागूऔषधविरुद्ध सचेतनामूलक सडक नाटक सम्पन्न

ट्रम्पले खोमिनीलाई दिए आत्मसमर्पणको सुझाव

११ महिनामा ७ लाख ६० हजारले लिए श्रम स्वीकृति, वैदेशिक रोजगारीमा बढोत्तरी

इजरायलबाट स्वदेश फर्किन इच्छुक नेपालीको नामावली संकलन सुरु

इजरायल-इरान युद्ध रोक्न आग्रह गर्दै काठमाडाैंमा मानवअधिकारकर्मीकाे प्रदर्शन

कर्मचारीको कुलिङ पिरियडबारे छलफलमा प्रधानमन्त्री

रास्वपाका दुई नेतामाथि रड प्रहार गर्ने कांग्रेसका वडाध्यक्ष फरार

इजरायलमा रहेका नेपालीको उद्धार गर्न दूतावासले सुरु गर्‍यो रजिष्ट्रेसन प्रक्रिया

मुग्लिन–नारायणगढ सडक : हायसमा ढुंगा खस्यो, एम्बुलेन्सको सिसा चर्कियो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

बाणगंगा नगरपालिका वडा नं ४ बासिका लागि नेपाली कांग्रेसका उमेद्वार दिनेशको हार्दिकता

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

कोरोनाको न्यूनिकरण गर्न लगडाउन हुदैन अर्थमन्त्री पौडेल

लुम्बिनी दर्पण २०७७ चैत्र १२, बिहीबार ११:२३
[sharethis-inline-buttons]

काठमाडौँ २०७७ चैत्र १२

चारैतिर कोरोना संक्रमण बढेसँगै लगडाउन हुन्छ की भन्ने हल्ला चारैतिर फैलिएको छ । तर लगडाउनको हल्ला भए पनि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भने कोभिड संक्रमण रोकथामका लागि लकडाउन नहुने बताएका छन । कोभिड–१९ को दोस्रो लहरबाट जोगिनुपर्ने अवस्था सँगसँगै आर्थिक सामाजिक क्रियाकलापलाई नियमित गर्नुपर्ने भएकाले स्वास्थ्य मापदण्डलाई कडाईका साथ पालना गराउने तर लकडाउन र सिमानाका बन्द नगरिने बताएका हुन्।
अर्थमन्त्री पौडेलले कोभिड रोकथामका लागि सिमानाका बन्द गर्ने अथवा लकडाउन गर्ने सरकारको सोच नभएको बताएका हुन्।उनले भने, ‘हामी आशंकाबाट होइन यथार्थबाट निर्देशित भएर अगाडि बढ्नुपर्छ। सरकारको सोच के हो भने कोभिडको दोस्रो लहरको चर्चा चलिरहेको छ त्यसबाट हामी जोगिनु पर्ने छ। अर्कोतर्फ आर्थिक सामाजिक क्रियाकलापलाई नियमित र सूचारु पनि गर्नुपर्ने आवश्यकता छ। त्यसकारणले हामी आर्थिक, सामाजिक क्रियाकलापलाई सूचारु पनि गर्छौं, नियमित पनि गर्छौं र स्वास्थ्य मापदण्डलाई ख्याल गरेर अगाडि बढ्छौं। अहिले सरकारले सीमानाका बन्द गर्ने, लकडाउन गर्नेतर्फ सोचेको छैन। त्यो अहिले उपयुक्त पनि हुँदैन।’

अर्थमन्त्री पौडेलले सरकार बजेटको तयारीमा जुटिसकेको पनि जानकारी दिए। सिद्धान्त र प्राथमिकताको तयारी अन्तिम चरणमा पुगेको र बजेटको तयारी पनि शुरु भइसकेको अर्थमन्त्री पौडेलले बताए ।। कोभिड पछिको आर्थिक पुनरुत्थान, रोजगारी सिर्जना लगायतका विषयमा केन्द्रित भएर बजेट निर्माण गरिने पनि अर्थमन्त्री पौडेलले बताए।उनले भने, ‘हामी बजेटको तयारीमा जुटेका छौं। सिद्धान्त र प्राथमिकताको तयारी करिब अन्तिम चरणमा आइपुगेको छ। सँगसँगै हामी बजेटको तयारीमा पनि जुटिनै रहेका छौं। समग्रतामा पछि बताउँला, उपयुक्त समयमा चर्चा गरौंला। मुख्य गरिकन हामी कोभिड पछिको आर्थिक पुनरउत्थान, रोजगारी सिर्जना जस्ता विषयहरुमा बढ्ता केन्द्रित हुन्छौं। नेपाली अर्थतन्त्रलाई पुरानो लयमा फर्काउन र गतिशील बनाउनका लागि गर्नुपर्ने निर्णहरु लिने गरी बजेट लिएर आउँछौं।’

राष्ट्रिय प्राथमिकताका विषयहरुलाई निश्चित गर्ने र बजेट कार्यान्वयनलाई सुनिश्चितता गर्नेकुरालाई ध्यान दिएर बजेट निर्माण गरिने पनि अर्थमन्त्री पौडेलले स्पष्ट पारेका छन्।उनले भने, ‘अहिले हामी दुई वटा कुरामा केन्द्रित हुन चाहिरहेका छौं। बजेटले राष्ट्रिय प्राथमिकतालाई ठिक ढंगले चिनेर आउँछ। राष्ट्रिय सन्दर्भमा प्राथमिकताहरु ठिक ढंगले निश्चित गरेर आउँछ। दोस्रो, बजेट कार्यान्वयनको सुनिश्चितता गरिन्छ। दुईवटा कुरामा हामी बढी ध्यान दिन्छौं। आजको हाम्रो प्राथमिकता के हो त्यो कुरामा हामी बढी होसियार हुन्छौं। बजेट सार्वजनिक गरेर मात्रै हुँदैन त्यसको प्रभावकारी कार्यान्वयन धेरै महत्वपूर्ण विषय हो। त्यसकारणले कार्यान्वयनको सुनिश्चितता कसरी हुन्छ। यी दुईवटा चिजमा हामी केन्द्रित हुन्छौं।’

कोरोना भ्याक्सिन खरिदका लागि बजेटको अभाव हुन नदिने पनि अर्थमन्त्री पौडेलले प्रष्ट पारेका छन ।


प्रकाशित : २०७७ चैत्र १२, बिहीबार ११:२३

लुम्बिनी दर्पण

लेखकबाट थप

  • वाणगंगामा लागूऔषधविरुद्ध सचेतनामूलक सडक नाटक सम्पन्न
  • ट्रम्पले खोमिनीलाई दिए आत्मसमर्पणको सुझाव
  • ११ महिनामा ७ लाख ६० हजारले लिए श्रम स्वीकृति, वैदेशिक रोजगारीमा बढोत्तरी
  • इजरायलबाट स्वदेश फर्किन इच्छुक नेपालीको नामावली संकलन सुरु
  • इजरायल-इरान युद्ध रोक्न आग्रह गर्दै काठमाडाैंमा मानवअधिकारकर्मीकाे प्रदर्शन
प्रतिक्रिया

यो पनि पढौँ

ट्रम्पले खोमिनीलाई दिए आत्मसमर्पणको सुझाव

११ महिनामा ७ लाख ६० हजारले लिए श्रम स्वीकृति, वैदेशिक रोजगारीमा बढोत्तरी

इजरायलबाट स्वदेश फर्किन इच्छुक नेपालीको नामावली संकलन सुरु

इजरायल-इरान युद्ध रोक्न आग्रह गर्दै काठमाडाैंमा मानवअधिकारकर्मीकाे प्रदर्शन

कर्मचारीको कुलिङ पिरियडबारे छलफलमा प्रधानमन्त्री

रास्वपाका दुई नेतामाथि रड प्रहार गर्ने कांग्रेसका वडाध्यक्ष फरार

इजरायलमा रहेका नेपालीको उद्धार गर्न दूतावासले सुरु गर्‍यो रजिष्ट्रेसन प्रक्रिया

मुग्लिन–नारायणगढ सडक : हायसमा ढुंगा खस्यो, एम्बुलेन्सको सिसा चर्कियो

सातै प्रदेशले ल्याए बजेट, कुन प्रदेशको कति ?

रास्वपाद्वारा आज पनि ‘सदन’मा नाराबाजी, बैठक स्थगित

४०० मुरी धान फलाएका कृषक अर्याललाई पालिकाले गर्यो सम्मान

इरानका नवनियुक्त सेना कमान्डरलाई मारेको इजरायलको दाबी

भर्खरै

  • वाणगंगामा लागूऔषधविरुद्ध सचेतनामूलक सडक नाटक सम्पन्न

  • ट्रम्पले खोमिनीलाई दिए आत्मसमर्पणको सुझाव

  • ११ महिनामा ७ लाख ६० हजारले लिए श्रम स्वीकृति, वैदेशिक रोजगारीमा बढोत्तरी

  • इजरायलबाट स्वदेश फर्किन इच्छुक नेपालीको नामावली संकलन सुरु

  • इजरायल-इरान युद्ध रोक्न आग्रह गर्दै काठमाडाैंमा मानवअधिकारकर्मीकाे प्रदर्शन

  • कर्मचारीको कुलिङ पिरियडबारे छलफलमा प्रधानमन्त्री

  • रास्वपाका दुई नेतामाथि रड प्रहार गर्ने कांग्रेसका वडाध्यक्ष फरार

  • इजरायलमा रहेका नेपालीको उद्धार गर्न दूतावासले सुरु गर्‍यो रजिष्ट्रेसन प्रक्रिया

  • मुग्लिन–नारायणगढ सडक : हायसमा ढुंगा खस्यो, एम्बुलेन्सको सिसा चर्कियो

  • सातै प्रदेशले ल्याए बजेट, कुन प्रदेशको कति ?


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, ९८६११११२६०

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

सामाजिक संजालमा हामी

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech