आज १२० जनामा देखियो कोरोना संक्रमण , ८५ जना भए निको

[sharethis-inline-buttons]

काठमाडौं, २०७७ चैत्र १२

आज नेपालमा १२० जनामा कोरोना संक्रमित थपिएका छन । पछिल्लो २४ घण्टामा २ हजार ८९१ जनामा कोरोना संक्रमण परिक्षण गर्दा १२० जनामा संक्रमण देखिएको र यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार ५०९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै आज ८५ जना संक्रमित निको भएर घर फर्केका छन । योसँगै नेपालमा कोरोनाबाट निेको हुनेको संख्या २ लाख ७२ हजार २७२ पुगेको छ । अव कोरोना संक्रमणका सक्रिय संक्रमितको संख्या १ हजार २१७ रहेको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार २० रहेको छ तर आज कोरोनाबाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ।


प्रकाशित : २०७७ चैत्र १२, बिहीबार ११:५६