
काठमाडा,ै चैत्र १३
आज ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ बाँडफाँड गरिएको छ।कम्पनीले गत फागुन २१ गते साधारण सेयर निष्काशन गरेको थियो।त्यसमा कुल १८ लाख ४२ हजार ४ सय ८० जनाले ३ करोड ८४ लाख ८६ हजार २० कित्ताका लागि आवेदन दिएका थिए। त्यसमध्ये १७ लाख ९७ हजार ८ सय ३५ जनाको आवेदनमात्रै स्वीकृत भएको थियो भने ४१ हजार ७ सय ३ जनाको आवेदन रद्द गरिएको थियो। यस्तै ३१ हजार ५ सय ४ जना आवेदक शंकास्पद देखिएको कम्पनीले जनाएको छ। २ हजार ९ सय ४२ आवेदक अस्वीकृत भएका थिए।कम्पनीले ५ लाख ९४ हजार जनालाई १० कित्ताका दरले आईपीओ बाँडफाँड गरेको छ । योसँगै आवेदन स्वीकृत भएका १२ लाख ३ हजार ८ सय ३५ जनाको हात भने खाली भएको छ।कम्पनीको आईपीओको बिक्री प्रबन्ध एनएमबी क्यापिटलले गरेको थियो।
कम्पनीले प्रतिकित्ता सय रुपैयाँको दरमा ६६ लाख कित्ता आईपीओ बाँडफाँड गरेकोथियो । त्यसमध्ये ५९ लाख ४० हजार कित्ता सर्वसाधारणलाई बाँडिएको हो।३ लाख ३० हजार कित्ता भने कर्मचारीका लागि छुट्याइएको थियो भने अर्को ५ प्रतिशत म्युचुअल फन्डका लागि छुट्याएर बाँकी कित्ता सर्वसाधारणमा निष्काशन गरिएको थियो।

