काठमाडौँ २०७७ चैत्र १३
नेकपा–एमालेका उपमहासचिव घनश्याम भुसाल र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले पार्टीले मागेको स्पष्टीकरण लेखिरहेको र बुझाउने क्रममै रहेको बताएका छन्।
गत शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको केन्द्रीय समिति बैठकले पूर्वप्रधानमन्त्री नेपालसहित चार नेतालाई पार्टी हितविरुद्ध गतिबिधि गरेको भनी स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।
‘स्पष्टीकरण नबुझाउने भन्ने होइन, मैले अहिले लेखिरहेकै छु,’ भुसालले भने।त्यसैगरी, पाण्डे पनि स्पष्टीकरण तयारीमै रहेको र उनले पनि लेखिसकेपछि बुझाउने बताइएको छ।
‘उहाँ बिभिन्न बैठक लगायतका कामहरुमा व्यस्त भएर स्पष्टीकरण बुझाउन नभ्याउनुभएको हो, तयार गर्दै हुनुहुन्छ, छिट्टै बुझाउनुहुन्छ,’ उनका स्वकीय सचिव सञ्जीव पाण्डेले नेपालखबरसँग भने।
शनिबारको केन्द्रीय समितिको निर्णयअनुसार पार्टी महासचिव ईश्वर पोखरेलले सोमबार चारजना नेताहरुको नाममा छुट्टाछुट्टै स्पष्टीकरण पत्र पठाएका थिए।