
बुटवल, २०७७ चैत्र १३
लुम्बिनी प्रदेश सरकारले संघीय सरकारले बिदा थपेको छ । प्रदेश सरकारले दिएको बिदा बाहेक थप ६ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।प्रदेशमा रहेको समुदायले मनाउने पर्वहरूको महत्वलाई ध्यानमा राखेर थप ६ दिन बिदा दिने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिए ।
लुम्बिनी प्रदेश सरकारले माघी पर्वमा माघ २ गते, मुस्लीम समुदायको तिथिअनुसार बकर ईद, कृष्णजन्माष्टमी भदौ १२ गते, प्रदेश स्थापना दिवस फागुन ३ गते, बिदा दिने निर्णय गरेको छ । त्यसैगरी रोल्पा–रुकुममा भूम्या पूजाका अवसरमा , तराईका छ जिल्लामा बड्का अत्तवारी का अवसरमा, मुस्लिम समुदायको रमजानमा र पाल्पामा भगवती जात्रा अवसरमा बिदा दिने निर्णय गर्नुका साथै स्थानीय तहको आवश्यकतालाई हेरेर स्थानीय तहमा दिन पाउने०दिन विदा दिने निर्णय गरेको प्रवक्ता चौधरीले जानकारी दिए ।