
काठमाडौं,२०७७ चैत १३
भिजिबिलिटी कम हुँदा त्रिभुवन विमानस्थलको ट्राफिक अस्तव्यस्त भएको छ ।दिउँसो २ बजेदेखि भिजिबिलिटी कम हुँदा त्रिभुवन विमानस्थलमा कुनै पनि जहाज अवतरण गर्न नसकेको विमानस्थलले जानकारी दिएको छ।त्रिभुवन विमानस्थलका प्रवक्ता चन्द्रलाल कर्णले आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित भएको बताएका छन् ।
‘२ बजेदेखि भिजिबिलिटी कम हुँदा ८ वटा आन्तरिक उडानका जहाज त्रिभुवन विमानस्थल आउन सकेका छैनन्’, कर्णले भने ‘हङकङबाट आएको एउटा जहाज होल्डमा रहेको छ।’

