लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशन बुटवलमा

ByLumbini Darpan Online

१३ चैत्र २०७७, शुक्रबार ११:२९ १३ चैत्र २०७७, शुक्रबार ११:२९ १३ चैत्र २०७७, शुक्रबार ११:२९

बुटवल , २०७७ चैत्र १३

लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशन बुटवलमा हुने भएको छ । अधिवेशन स्थायी राजधानी दाङको राप्ति प्राविधिक शिक्षालयमा बस्ने गरी सरकारले तयारी गरेको भएता पनि अन्ततः बुटवलमा बस्ने भएको हो।

सातौँ अधिवेशनको पहिलो बैठक यहि चैत १८ गते बुधबार दिँउसो १ बजे प्रदेशसभा हल, बुटवलमा बस्ने तय भएको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशसभा स्थापनाको २ वर्ष ८ महिना २ दिनपछि असोज २१ गते प्रदेश ५ को नाम लुम्बिनी र स्थायी राजधानी दाङको देउखुरी उपत्यका कायम गरिएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *