लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन चैत १८ गतेदेखि गर्ने मन्त्रिपरिषद निर्णय

चैत्र १३, बुटवल
लुम्बिनी प्रदेश सरकारले प्रदेशसभाको हिउँदे अधिवेशन चैत १८ गतेदेखि बोलाउने निर्णय गरेको छ । शुक्रबार प्रदेशको अस्थायी मुकाम बुटवलमा बसेको मन्त्रिपरिषद् बैठकले चैत १८ मा प्रदेशसभा बोलाउन प्रदेश प्रमुखलाई सिफारिस पठाउने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले बताए । यसअघि असोज २० मा प्रदेशको नाम लुम्बिनी र राजधानी राप्ती उपत्यका दाङको देउखुरी तोकिएपछि प्रदेशसभाको वर्षे अधिवेशन अन्त्य भएको थियो । प्रदेशसभाको हिउँदे अधिवेशन स्थायी राजधानी तोकिएको दाङको राप्ती प्राविधिक शिक्षालयमा गर्ने गृहकार्य गरे पनि उक्त शिक्षालयको जग्गा प्रदेशलाई प्राप्त नहुँदा बैठक बुटवलमै बस्न लागेको हो ।

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *