लुदअ चैत १४, २ बाँके
जिल्ला प्रशासन कार्यालय बाँकेले थारु समुदायको बाहुल्यता रहेको क्षेत्रका तीन सय सात जनालाई जिल्ला प्रशासन कार्यालयमा ल्याएर नागरिकता उपलब्ध गराएको छ ।
जिल्ला प्रशासन कार्यालयले राप्ती सोनारी गाउँपालिकाको विनौना र वैजापुरका युवायुवतीलाई ६ वटा बसमार्फत जिल्ला प्रशासन कार्यालयमा ल्याएर नागरिकता उपलब्ध गराउनुको साथै खानासमेत खुवाएर गाउँमै पुर्याइदिएको हो ।
महँगो बस भाडा र दुई दिन खर्च हुने भएकाले नागरिकता लिन समस्या भएको जानकारी पाएपछि उनीहरूलाई प्रशासनमा ल्याएर नागरिकता उपलब्ध गराएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिनुभयो ।
बिहीवार गाउँमा पुगेका प्रशासन कार्यालयका कर्मचारीले आवश्यक कागजपत्र सङ्कलन गरी शुक्रवार बिहानै बसमार्फत उनीहरूलाई प्रशासन कार्यालय ल्याएका थिए । कागजपत्र तयार भएकाले शुक्रवार नै प्रशासनबाट नागरिकता उपलब्ध गराउनुको साथै खानासमेत खुवाएर बसमार्फत नै घर पठाएको प्रजिअ कुरुम्वाङले जानकारी दिनुभयो ।
जिल्ला प्रशासनमा घुम्ती शिविर सञ्चालनका लागि रहेको कोषबाट खानाको व्यवस्थापन गरिएको हो ।