झा दम्पती हत्याको अभियोगमा ३ जना प्रकाउ सबै नातेदार

जनकपुरधाम, चैत १४

महोत्तरीको पिपरा गाउँपालिकाका झा दम्पती ओछ्यानबाटै बेपत्तापछि मारिएको प्रकरणमा प्रहरीले थप ३ जनालाई पक्राउ गरेको छपिपरा गाउँपालिका–५ सहोडबाका ६६ वर्षीय मुसाफीर झा र उनकी पत्नी ६० वर्षीया गीतादेवी झाको हत्यामा संलग्न आशंकामा प्रहरीले स्थानीय विकास झा, कैलाश झा र शम्भु झालाई नियन्त्रणमा लिएको हो।

सोधपुछ तथा अनुसन्धनका लागि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।स्थानीयका अनुसार तीनै जना झा दम्पतीका नातेदार हुन्।उनीहरूको घरबाट झा दम्पतीका जलेका कपडा बरामद भएको तथा शव केही दिन घरमै बाकसमा लुकाएर राखेको हुन सक्ने आशंका प्रहरीले गरेको छ।हत्यामा उनीहरूको संलग्नता छ वा छैन भन्ने सोधपुछ तथा अनुसन्धान गरिरहेको महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले बताए।

झा दम्पतीको अपहरण गरी हत्या आरोपमा एक साताअघि छिमेकी रामबाबु यादव, उनका छोराहरू सुरेन्द्र यादव र राजेन्द्र यादवसहित भारत बिहार मधुवनी घर भई महोत्तरीको बनौलीमा बस्ने गरेका हरेन्द्र ठाकुरलाई पक्राउ गरेर प्रहरीले सार्वजनिक गरिसकेको छ।

गत फागुन १० गते राति ओछ्यानसहित बेपत्ता झा दम्पतीको शव एक महिनापछि गाडिएको अवस्थामा फेला परेका थिए।

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *