संसदबाट निकास ननिस्के फेरि सडकमा आउँछौँ : प्रचण्ड

[sharethis-inline-buttons]

काठमाडौं, चैत १४

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदबाट निकास ननिस्किए सडकमा आउने बताएका छन । उनले सदनबाट राजनीतिक समस्याको समाधान खोज्ने प्रयास भइरहेको बताएका छन्।

शनिबार बृहत नागरिक आन्दोलन नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा गरेको ‘नागरिकको प्रश्न दलहरुको जवाफ’ विषयक अन्तक्र्रिया कार्यक्रममा अध्यक्ष प्रचण्डले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग नयाँ सक्ता समीकरणबो छलफल भइरहेको बताएका हुन्।उनले आफूहरु प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने पक्षमा रहे पनि नदिएका कारण संसदबाट बैधानिक हिसाबले नै हटाउन खोजेको बताए।‘कांग्रेस र जसपासँग सहकार्यको प्रयास जारी छ। दुई चार दिन संसदमा प्रयास गर्ने हो। नभए सडकमा आउँछु’, उनले भने।उनले पछिल्लो राजनीतिक घटनाक्रम र सेटिङले आफू र आफ्नो दलमाथि अन्याय भएको भन्दै यसबारे बोलिदिन पनि आग्रह गरे।उनले फागुन २३ गते ओलीविरुद्धको अविश्वासको प्रस्ताव सदनमा लगेकै कारण सेटिङमा एमाले र माओवादी ब्यँुताउने काम भएको बताए।

‘फागुन २३ गते संसदबाट ओलीलाई हाटाउनका लागि संसद सचिवालयमा पुगेपछि पार्टी अलग गरियो’, उनले भने, ‘अहिले सबैभन्दा बढी ममाथि प्रहार भइरहेको छ। म र मेरो पार्टीमाथिअन्याय भएको छ। तपाईंहरुले न्याय दिनुस्।’


प्रकाशित : २०७७ चैत्र १४, शनिबार ११:५०