आज ८५ जनामा देखियो कोरोना, ३ जनाको ज्यान गयो

काठमाडौं, चैत्र १४ २०७७,

.
आज नेपालमा ८५ जनामा कोरोना भाइरस सङ्क्रण पुष्टि भएको छ । बितेको पछिल्लो चौबीस घण्टामा दुई हजार ७४५ को आरटीपीसीआर परीक्षण गरिएकोमा ८५ जनामा सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोभिड १९ सम्बन्धी दैनिक बिवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोना सङ्क्रमणको कुल सङ्क्रमित दुई लाख ७६ हजार ७५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

पछिल्लो चौबीस घण्टामा ९३ जना सङ्क्रमित निको भएर घर फर्केका छन । ।अहिलेसम्म नेपालमा दुई लाख ७२ हजार ४३५ जना सङ्क्रमणमुक्त भएका छन् ।

पछिल्लो चौबीस घण्टामा तीन जना सङ्क्रमितको मृत्युको भएको छ । मन्त्रालयले हालसम्म तीन हजार २७ जना सङ्क्रमितको कोरोना सङ्क्रमणले मृत्यु भएको जनाएको छ । हाल नेपालमा एक हजार २८८ जना कोरोना भाइरसका सक्रिय बिरामी रहेका छन र ५९ जना हाल क्वारेन्टिनमा रहेका छन् ।

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *