ताजा अपडेट

रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

मेलम्चीको पानी आजदेखि काठमाण्डौ उपत्यकामा वितरण गरिँदै

लुम्बिनी दर्पण २०७७ चैत्र १५, आईतवार ०१:५४
[sharethis-inline-buttons]

लुदअ चैत १५, काठमाण्डौ
लामो समयदेखि प्रतिक्षा गरिएको मेलम्चीको पानी आजदेखि काठमाण्डौ उपत्यकामा वितरण हुँदैछ ।

गएको फागुन २२ गते सुन्दरीजलको प्रशोधन केन्द्रमा हालिएको पानी अस्ति शुक्रवारदेखि विभिन्न ठाउँमा बनाइएका वितरण केन्द्रमा पठाइएको थियो । तिनै वितरण केन्द्रमा सङ्कलन गरिएको पानी आजदेखि उपभोक्ताको घरमा पठाइने मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले जानकारी दिनुभयो ।

पानी काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड केयूकेएलको पुरानै प्रणालीबाट वितरण गरिने छ । केयूकएलका अनुसार परीक्षणकाल भएकाले आज उपत्यकामा ४ करोड लिटर पानी मात्रै वितरण गर्ने तयारी छ । मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तकाअनुसार उपभोक्ताको घरसम्म जोडिएको पाइपको परीक्षण गर्न झण्डै एक हप्ता लाग्नेछ ।

काठमाण्डौ उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले आज वितरण हुने पानी पाइपको परीक्षणका लागि मात्र भएकाले पिउन नमिल्ने बताउनुभयो । उहाँका अनुसार परीक्षणपछि प्रशोधन गरेर पठाएपछि मात्रै पानी पिउन मिल्छ ।

गएको फागुन १० गते परीक्षणका लागि मुहानबाट सुरुङमा छाडिएको पानी झन्डै २७ किलोमिटर सुरुङ पार गर्दै १२ दिनपछि सुन्दरीजलमा आइपुगेको थियो । मेलम्ची खानेपानी उपआयोजना(२ आयोजना निर्देशनालयले उपत्यकामा एक हजार १० किलोमिटर पाइपलाइन निर्माण गर्नुपर्नेमा ९८० किलोमिटर सम्पन्न गरेको छ ।

थोक वितरण प्रणालीको ७७ किलोमिटरमध्ये ७५।५ किलोमिटर सम्पन्न भइसकेको छ । पानी वितरणका लागि उपत्यकामा १० वटा वितरण केन्द्र ९ट्याङ्की०मध्ये एउटा भक्तपुर कटुञ्जेको ट्याङ्कीबाहेक नौवटा सम्पन्न भइसकेका छन् । पानीको मुहान मेलम्ची खोलामा ‘हेडबक्स’ निर्माण भइरहेको छ । अस्थायी विकल्प प्रयोग गरी पानी पथान्तरण गरिएको छ ।

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले पानी प्रशोधन केन्द्र, पाइपलाइन, वितरण केन्द्र ९ट्याङ्की० परीक्षणका लागि पानी वितरण गरिएको बताउनुभयो । मेलम्ची खानेपानी आयोजनाकै दोस्रो चरणमा याङ्ग्री र लार्के खोलाको पानी उपत्यकामा भित्र्याउने लक्ष्य छ ।

दोस्रो चरणमा लार्के खोलाको १७ करोड लिटर र याङ्ग्री खोलाको १७ करोड लिटर पानी अहिले निर्माण भएका संरचनाबाटै उपत्यका भित्रिएपछि दैनिक आपूर्ति ५१ करोड लिटर पुग्ने छ । त्यसपछि उपत्यकामा खानेपानीको समस्या समाधान हुने अपेक्षा गरिएको छ । याङ्ग्री र लार्के खोलाको पानी थप नौ किलोमिटर सुरुङ निर्माण गरी मेलम्चीको सुरुङ मार्गमा मिसाइने छ ।

२६ अर्ब रुपियाँ लागत अनुमान गरिएको यो दोस्रो आयोजना सम्पन्न गर्न तीन वर्ष लाग्ने छ तर अहिलेसम्म स्रोत सुनिश्चित हुन सकेको छैन । काठमाण्डौ उपत्यकामा खानेपानी वितरणका लागि २०२८ सालदेखि पानीका सम्भाव्य स्रोतको पहिचानका लागि अध्ययन कार्य थालिएकोमा २०४० सालमा भएको अध्ययनले उपत्यकामा खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि मेलम्ची, याङ्ग्री र लार्के नै भनी निष्कर्ष निकाली प्रक्रिया अगाडि बढाइएको थियो ।

तर, विभिन्न कारणका कारण बल्ल अहिले मेलम्चीको पानी उपत्यकामा आएको छ ।


प्रकाशित : २०७७ चैत्र १५, आईतवार ०१:५४

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति
  • वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत
  • प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग
  • वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस
  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
प्रतिक्रिया

यो पनि पढौँ

लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

धान उत्पादन बढाउन र कृषि आत्मनिर्भरताका लागि प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ

आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार

वन तथा वातावरण संरक्षण साझा दायित्व : मुख्यमन्त्री आचार्य

रोल्पामा जीप दुर्घटना हुदा तीन जनाको मृत्यु

लुम्बिनीमा एमालेका चार मन्त्रीले दिए राजीनामा

मुख्यमन्त्री आचार्य र बेलायती मन्त्री मल्होत्राबीच भेटवार्ता

लुम्बिनी प्रदेश सभा बैठक बस्दै, बजेटका सिद्धान्त र प्राथमिकता पेश हुने

बाणगंगा वेलफेयरको सामाजिक अभियानमा सक्रिय भूमिका निभाएका पौडेल सम्मानित

भर्खरै

  • रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

  • रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक


  • पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech