लुदअ चैत १५, काठमाण्डौ
चितवनको भरतपुरमा बस र स्कुटर ठोक्किँदा तीन जनाको ज्यान गएको छ ।
भरतपुर महानगरपालिका(२२ पकौडी बजारमा ना ५ ख २१५० नम्बरको बस र ना ४० प ७०८२ नम्बरको स्कुटर ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा परेर स्कुटर चालक भरतपुर(६ का मोहन अधिकारी, अधिकारीकी १७ वर्षकी चोरी विनिशा र चालक अधिकारीका दाइकी छोरी दिविसाको ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य थापाका अनुसार स्कुटरमा तीन जना रहेका थिए ।


















