ताजा अपडेट

भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउन विपक्षी दलहरू सहमत

दुर्घटनाग्रस्त विमानमा गुजराजतका पूर्वमुख्यमन्त्री रुपाणी पनि थिए सवार

भारतमा २४२ यात्रु सवार एयर इन्डियाको जहाज दुर्घटना

एक साताभित्र देशभर मनसुन सक्रिय हुने मौसम पूर्वानुमान

अमेरिकाबाट धेरै लगानी भित्र्याउन बालुवाटारका सल्लाहकारको जोड

तीनकुने घटना प्रकरण : दुर्गा प्रसाईंसहित प्रतिवादीविरुद्धको थुनछेक बहस अन्तिम चरणमा

बुटवल आसपासबाट करोडौं अवैध रुपैयाँ बरामद, भरिया पक्राउ, मालिक फरार

विनयी खोलामा बाढीले डाइभर्सन बगायो, पूर्व–पश्चिम राजमार्ग ठप्प

भैरहवाका १० वटा अवैध निजी स्वास्थ्य संस्थामा जिल्ला प्रशासनले लगायो ताला

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

बाणगंगा नगरपालिका वडा नं ४ बासिका लागि नेपाली कांग्रेसका उमेद्वार दिनेशको हार्दिकता

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

होलीलाई घरमै बसेर मनाउन सरकारको आग्रह

लुम्बिनी दर्पण २०७७ चैत्र १५, आईतवार ०८:२१
[sharethis-inline-buttons]

काठमाडौं, चैत १५
र हरुको पर्व होलीलाई सरकारले घर परिवारमै बसेर मनाउन आग्रह गरेको छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ । कोभिड १९ को संक्रमण बढिरहेको हुदा सरकारले होली पर्वका घरमै परिवारविचमा नै मनाउन आग्रह गरेको हो ।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा छ । केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलो रुपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्न थालेको छ ।

विगत वर्ष जस्तै यस वर्ष पनि कोरोनाको प्रभाव विश्वव्यापीरुपमा बढ्दै गएकाले फागु पर्वमा पानी र रङ प्रयोग नगर्न प्रशासनले आग्रह गरेको छ । साथै घर परिवारमै फागु पूर्णिमा मनाउन पनि प्रशासनले अनुरोध गरेको छ ।

यस पर्वका अवसरमा आज काठमाडौँको वसन्तपुरमा उपस्थित मानिसले वातावरणलाई नै रङ्गीचङ्गी तुल्याउँदै त्यहाँ गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगी जलाउँछन् । उक्त चीरमा राखिएका ध्वजापताका औषधोपचारको काममा आउने विश्वासका साथ लुछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चीरको खरानीको टीका लगाइन्छ ।फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठक अगाडि मैलको रुखलाई रङ्गीचङ्गी ध्वजापताकासाथ सिँगारी गाडिएको चीरमा पूजाआजा गरेपछि फागु शुरु हुन्छ ।

आजै राति टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई इटुम्बहालदेखि कहीँ पनि नबिसाई ल्याइएको दश पाथी चामलको भात र एउटा राँगाको मासु खुवाई सैनिक अस्पतालभित्र रहेको ‘जधु’ नामक धारामा चुठाउने चलन छ ।

त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ ।त्यसै बेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली ९फागु० खेल्ने परम्परा चलेको विश्वास गरिन्छ ।

राम्रो तरिकाले तयार पारिएका रङ र अबिरले छालाको रोग निवारण गर्ने भएकाले यस्ता रङको प्रयोग गरी फागु खेल्नाले शीतकालमा शरीरमा उत्पन्न कफको विनाश हुन्छ । बालिएको चीरको धुवाँबाट शीतकालका अनेकौँ रोगका कीटाणु निर्मूल हुने हुनाले यो पर्वको आयुर्वेदिक महत्व पनि छ ।

फागु पर्वका उपलक्ष्यमा परम्परादेखि सरकारले सार्वजनिक बिदा दिँदै आएको छ । तराई क्षेत्रमा भने यो पर्व पूर्णिमाको भोलिपल्ट मनाउने गरिन्छ । यस वर्ष पनि तराईमा भोलि होली मनाइँदै छ ।

यस पर्वका उपलक्ष्यमा आजभोलि रमाइलोका निम्ति गाँजा, भाङ, जाँड९रक्सी जस्ता नशालु पदार्थको सेवन गरी गुन्डागर्दी गर्ने, शरीरमा प्रतिकूल असर गर्ने खालका रासायनिक पदार्थ प्रयोग गर्ने तथा सवारीसाधनसमेतमा लोला हिर्काउनेजस्ता विकृति पनि कम हुँदै गएको छ ।

यस दिन विशेष गरेर भाङ मिसाइएका खानेकुरा खाई विविध रङबाट रङ्गिएर बाजागाजाका साथ नाचगान गर्दै महिला तथा पुरुषका समूह आफ्नो क्षेत्रमा बिहानदेखि साँझसम्म घुम्दै रमाइलो गर्छन् ।


प्रकाशित : २०७७ चैत्र १५, आईतवार ०८:२१

लुम्बिनी दर्पण

लेखकबाट थप

  • भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउन विपक्षी दलहरू सहमत
  • दुर्घटनाग्रस्त विमानमा गुजराजतका पूर्वमुख्यमन्त्री रुपाणी पनि थिए सवार
  • भारतमा २४२ यात्रु सवार एयर इन्डियाको जहाज दुर्घटना
  • एक साताभित्र देशभर मनसुन सक्रिय हुने मौसम पूर्वानुमान
  • अमेरिकाबाट धेरै लगानी भित्र्याउन बालुवाटारका सल्लाहकारको जोड
प्रतिक्रिया

यो पनि पढौँ

भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउन विपक्षी दलहरू सहमत

दुर्घटनाग्रस्त विमानमा गुजराजतका पूर्वमुख्यमन्त्री रुपाणी पनि थिए सवार

भारतमा २४२ यात्रु सवार एयर इन्डियाको जहाज दुर्घटना

एक साताभित्र देशभर मनसुन सक्रिय हुने मौसम पूर्वानुमान

अमेरिकाबाट धेरै लगानी भित्र्याउन बालुवाटारका सल्लाहकारको जोड

तीनकुने घटना प्रकरण : दुर्गा प्रसाईंसहित प्रतिवादीविरुद्धको थुनछेक बहस अन्तिम चरणमा

बुटवल आसपासबाट करोडौं अवैध रुपैयाँ बरामद, भरिया पक्राउ, मालिक फरार

विनयी खोलामा बाढीले डाइभर्सन बगायो, पूर्व–पश्चिम राजमार्ग ठप्प

भैरहवाका १० वटा अवैध निजी स्वास्थ्य संस्थामा जिल्ला प्रशासनले लगायो ताला

प्रहरीको डीएसपी भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ

बाढी महाशाखाले भन्यो; बाँके र दाङमा सतर्कता अपनाउनू

पाल्पामा हत्या गरी फरार रहेका अभियुक्त १४ वर्षपछि पक्राउ

भर्खरै

  • भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउन विपक्षी दलहरू सहमत

  • दुर्घटनाग्रस्त विमानमा गुजराजतका पूर्वमुख्यमन्त्री रुपाणी पनि थिए सवार

  • भारतमा २४२ यात्रु सवार एयर इन्डियाको जहाज दुर्घटना

  • एक साताभित्र देशभर मनसुन सक्रिय हुने मौसम पूर्वानुमान

  • अमेरिकाबाट धेरै लगानी भित्र्याउन बालुवाटारका सल्लाहकारको जोड

  • तीनकुने घटना प्रकरण : दुर्गा प्रसाईंसहित प्रतिवादीविरुद्धको थुनछेक बहस अन्तिम चरणमा

  • बुटवल आसपासबाट करोडौं अवैध रुपैयाँ बरामद, भरिया पक्राउ, मालिक फरार

  • विनयी खोलामा बाढीले डाइभर्सन बगायो, पूर्व–पश्चिम राजमार्ग ठप्प

  • भैरहवाका १० वटा अवैध निजी स्वास्थ्य संस्थामा जिल्ला प्रशासनले लगायो ताला

  • प्रहरीको डीएसपी भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, ९८६११११२६०

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

सामाजिक संजालमा हामी

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech