
काठमाडौं, चैत १५
पछिल्लो २४ घण्टामा देशका विभिन्न ३४ स्थानमा आगलागीचएको छ । आगलागी हुदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गुल्मी
पाल्पा र सोलुखुम्बुका तीनरतीन स्थान, कैलाली, सुनसरी, ताप्लेजुङ, झापा, सर्लाही र सप्तरीका दुईरदुई स्थान तथा कपिलवस्तु, सिरहा, रौतहट, काठमाडौं, पर्वत, उदयपुर, ओखलढुङ्गा, संखुवासभा, मोरङ, खोटाङ, दार्चुला, कास्की, रसुवा र भोजपुरका एकरएक स्थानमा आगलागी भएका छन्।
गुल्मीको गुल्मी दरबार गाउँपालिका–१ कुर्लिचौर बस्ने नर्ष ४२ की एक महिला घरमा खाना पकाउने क्रममा अचानक निजले लगाएको कपडामा आगो सल्कि घाइते भई मिशन अस्पताल पाल्पामा उपचारको क्रममा मृत्यु भएको छ।
यस्तै, माथागढी गाउँपालिका४ पोखरा भन्ज्याङस्थित जंगलमा लागेको आगो निभाउने क्रममा नर्ष अन्दाजी ६५र६६ को १ पुरुषको घटनास्थलमा नै मृत्यु भएको छ। पाल्पाको माथागडि गाउँपालिका–४ स्थित एक गोठमा बिजुलीको तार सर्ट भई आगलागी हुँदा दुई जना घाइते भएका छन्।आगलागीका क्रममा घर, गोठमा रहेको ३ वटा खसी, २ वटा बाख्रा र १ वटा भैँसीको मृत्यु हुनुका साथै लत्ताकपडा, अन्नपात, भाडावर्तन, नगद, सुन समेत जली २४ लाख रुपैयाँ बराबरको क्षति भएको प्राधिकरणले जनाएको छ।