आज थपिए ८९ कोरोना संक्रमित,९५ जना भए कोरोना मुक्त

चैत्र १५, २०७७

काठमाडौँ २०७७ चैत्र १५
पछिल्लो २४ घण्टामा नेपालमा ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार आइतबार ८९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या २ लाख ७६ हजार ८ सय ३९ पुगेको हो ।

यस्तै, २४ घण्टामा ९५ जना कोरोनासंक्रमित निको भएका छन । । हालसम्म २ लाख ७२ हजार ५ सय ३० जना संक्रमणमुक्त भएको मन्त्रालयको तथ्यांक छ ।नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार २७ पुगेको छ । त्यस्तै १ हजार २ सय ८२ जना आइसोलेसनमा र५७ जना क्‍वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।हालसम्म नेपालमा २२ लाख ६१ हजार १४६ पीसीआर परीक्षण भएका छन् ।

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *