काठमाडौं ,२०७७ चैत १५
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छिमेकी मुलुक भारमा देखिएको कोरोना भाइरस कोभिड(१९को दोस्रो लहर नेपाल भित्रिए शैक्षिक संस्था कोरोनाको ुहटस्पटु बन्ने संभावना रहेको भन्दै समयमै सचेत रहन आग्रह गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबारको पत्रकार व्रिफिङमा मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले कोरोना जोखिमबाट बच्न अनिवार्य स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरेका हुन्।
केही दिनयता नेपालमा कोरोना संक्रमितको संख्या विस्तारै उकालो लागेको भन्दै डा।गौतमले स्वास्थ्य मापदण्डमा कडाइ नगरे कोरोना जोखिम भयावह हुने संभावना रहेको बताए। डा। ।गौतमका अनुसार अहिले कोरोना संक्रमित भइ टेकु अस्पतालमा भर्ना हुनेमा अधिकांश कलेजमा पठाउने शिक्षकहरु,होटलमा काम गर्ने कर्मचारीहरु र तराईबाट प्रेसरण गरि पठाइएका बिरामीहरु छन्।
धेरै शैक्षिक संस्थामा अनिवार्य मास्क लगाउने, हात धुने र सामाजिक दूरी कायम गर्ने नियम बनाए पनि त्यसको कार्यान्वयन पक्ष फितलो हुँदा समस्याहरु बल्झिदै गएको उनको भनाइ छ।मन्त्रालयका प्रवक्ता समेत रहेका डा।गौतमले कतिय शैक्षिक संस्थामा हात धुन साबुन र पानीको व्यवस्था नभएको गुनासा आउने गरेको भन्दै त्यसको समयमै व्यवस्थापन गर्न सम्बन्धित निकायलाई अनुरोध गरे।
उनले भने, ुस्वस्थ्य छात्राछात्र,शिक्षकबिना शैक्षिक संस्था संचालन गरी शैक्षिक क्रियाकलाप गर्न असंभव भएकाले सबै शैक्षिक संस्थामा हात धुनका लागि उचित व्यवस्थापन गर्न, अनिवार्य मास्कको प्रयोग गर्न र दूरी कायम गर्न शैक्षिक क्रियाकलाप गराइ शैक्षिक संस्थाहरुले कोरोना जोखिममुक्त क्षेत्र बनाउन स्वास्थ्य मन्त्रालयको आग्रह छ।


















