मुख्यमन्त्री पोखरेलद्वारा होली पर्वको शुभकामना

[sharethis-inline-buttons]

दाङ, चैत १६।
आज होलीको दोस्रो दिन तराइ क्षेत्रमा धुमधामसँग मनाइदै छ । यसै अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पर्वको शुभकामना ब्यक्त गरेका छन । सांस्कृतिक विविधतायुक्त नेपाली समाजलाई एकतामा बाँध्दै समाजिक सम्बन्धलाई बलियो बनाउन होली पर्वको विशेष महत्व रहेको बताउँदै सबै नेपालीहरको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुको कामनासहित शुभकामना व्यक्त गरेका छन ।
विश्व कोरोना बिरुद्ध लडिरहेको समयमा नेपालमा पनि यसको सतर्कता अपनाउन आवश्यक रहेको उनले बताएका छन । जसका कारण होली पर्व ठूला जमघटमा नभई पारिवारिक रुपमा मनाउन उनले शुभकामना शन्देशमार्फत आग्रह गरेका छन ।अगाडी शुभकामना सन्देशमा भनिएको छ, ‘छिमेकी भारतमा कोरोनाभाइरस संक्रमितको संख्या बढेकाले नेपाल उच्चजोखिममा देखिएको छ । नेपालमा पनि संक्रमितको संख्यापुनः बढ्न सक्ने देखिएको छ । त्यसैले कोरोनाभाइरसको संक्रमणको संभावितजोखिमलाई ध्यान दिदैं सरकारले सभा, सम्मेलनर ठूला जमघट नगर्न आग्रह गरेको छ । तसर्थ होलीपर्व ठूला जमघटमा नभई पारिवारिक रुपमा मनाऔँ।’

यस्तै रंगहरुको पर्व होलीले एकआपसमा सद्भाव, भातृत्व र मेलमिलापको सम्बन्धलाई बलियो बनाउँदै आएको बताउँदै मुख्यमन्त्री पोखरेलले सांस्कृतिक विविधतायुक्त नेपाली समाजलाई एकतामा बाँध्दै समाजिक सम्बन्धलाई बलियो बनाउन होली पर्वको विशेष महत्व रहेको समेत शुभकामना सन्देशमार्फत बताएका छन ।


प्रकाशित : २०७७ चैत्र १६, सोमबार ०८:४३