
काठमाडौं चैत १६।
चीनले नेपाललाई सहयोग गरी उपलब्ध गराएको कोरोना भाइरस विरुद्धको खोप नेपाल आइपुगेको छ । चीन सरकारले सहयोग गरेको ८ लाख डोज खोप सोमवार नेपाल आइपुगेको हो । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको वाइडबडी ३३० जहाज खोप लिन आइतवार चीनको राजधानी बेइजिङ गएको थियो । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई खोप हस्तान्तरण गर्नुभएको छ।
चीनको सिनोभ्याक बायोटेकले उत्पादन गरेको सो खोपलाई २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्न सकिन्छ । यो खोप दुई मात्रा लगाउनुपर्छ । विभिन्न परीक्षणहरूमा चिनियाँ खोप नेपालले हाल प्रयोग गर्दै आएको कोभिशील्ड खोपभन्दा बढी प्रभावकारी देखिएको अधिकारीहरु बताउँछन् । यद्यपि भेरासेल खोप कोभिसिल्डको तुलनामा महँगो पर्दछ ।