
काठमाडौं , चैत्र १६
होली खेल्ने क्रममा दुई जना किशोरले एसिड प्रहार गर्दा तीन जना घाइते भएका छन् । आइतबार काठमाडौंको शंखरापुर नगरपालिकाको चापाकोट भन्ने ठाउँमा होली खेल्ने क्रममा ती किशोरहरुले सल्फ्यूरिक एसिड प्रहार गरेका हुन्।
घाइते हुनेहरुमा १६ वर्षीया किशोरी, ११ र ९ वर्षका बालक रहेका छन् । उनीहरुमाथि डेरीमा राखिएको एसिड छ्यापेको पाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले जानकारी दिए ।प्रहरीले एसिड प्रहार गर्ने दुई किशोर र डेरी संचालकलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। पक्राउ पर्नेमा एसिड छ्याप्ने १७ वर्षका पवन पहाडी र १८ वर्षका आकास तामाङ रहेका छन् ।घाइतको अहिले सुस्मा कोइराला मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।