आज थपिए १४१ जना कोरोना संक्रमित , ८२ जना निको

[sharethis-inline-buttons]

काठमाडौं, चैत्र १६
नेपालमा आज १४१ जनामा कोरोना भाइरसका बिरामी थपिएका छन । पछिल्लो २४ घण्टामा ३ हजार १२२ जनामा परिक्षण गरिएकोमा १४१ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै आज ८२ जना कोरोना संक्रमण मुक्त छन् । अब नेपालमा संक्रिय कोरोना संक्रमितको १ हजार ३४१ रहेको छ । आजसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार २७ रहेको छ । तर आज भने कोरोनाबाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।


प्रकाशित : २०७७ चैत्र १६, सोमबार १०:२४