Latest Posts

सरकारमा सहभागी हुन माधव नेपाललाई आयो दबाब

लुदस ,काठमाडौँ, साउन १३ एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई उनी निकट सांसदले सरकारमा सहभागी हुन दबाब दिएका छन्...

टोकियो ओलम्पिकमा गौरिकाले तोडिन् आफ्नै रेकर्ड

लुदस ,काठमाडौं , साउन १३ जापानको टोकियोमा जारी ३२ औँ गृष्मकालीन ओलम्पिकमा नेपालकी पौडि खेलाडी गौरिका सिंहले राष्ट्रिय...

नगरकै नमुना सैनामैना नमुना माध्यमिक विद्यालयले बिज्ञान विषय सञ्चालन गर्ने

हरि आचार्य, रुपन्देही रुपन्देहीको सैनामैना नगरपालिकामा रहेको नगरपालिकाकै नमुना विद्यालय सैनामैना नमुना माध्यमिक विद्यालयले बिज्ञान विषय सञ्चालन गर्ने...

आज ३ हजार ८४० जनामा कोरोना संक्रमण, ३३ जनाको मृत्यु

  लुदस, काठमाडौ,साउन १३ पछिल्लो २४ घन्टामा ३ हजार ८ सय ४० जनामा कोरोना संक्रमण पुष्टि हुदा १...

आजको सेयर बजार

काठमाण्डौ ,साउन १३ सेयर बजार कारोबार मापक नेप्से आज उच्च विन्दुले उकालो लागेको छ । आज नेप्से परिसूचक...

Latest Posts

सरकारमा सहभागी हुन माधव नेपाललाई आयो दबाब

लुदस ,काठमाडौँ, साउन १३ एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई उनी निकट सांसदले सरकारमा सहभागी हुन दबाब दिएका छन् । नेपालसँग बुधबार भएको छलफलमा सांसदहरूले सरकारमा सहभागी हुनुपर्नेमा जोड दिएका हुन् । तर, नेपालले भने सांसदको कुरा सुने पनि कुनै...

नयाँ बजेट निर्माणमा जुटे अर्थमन्त्री पौडेल

काठमाडौं, चैत १७

आगामी आर्थिक वर्ष २०७८र०७९ को बजेट तर्जुमाको काम सुरु भएको छ। आगामि आर्थिक बर्षको लागि बजेट ल्याउनको लागि अर्थमन्त्रीविष्णुप्रसाद पौडेल तयारीमा जुटेका छन ।

राष्ट्रिय योजना आयोगले दिएको खर्च संरचनाको खाकासहितको बजेट तर्जुमासम्बन्धी मार्गदर्शन तथा ढाँचाअनुसार अर्थ मन्त्रालयले नयाँ बजेटको तयारी सुरु गरेको हो।

अर्थमन्त्री विष्णुप्रसाद पौडेल बजेटको तयारीको लागि मन्त्रालयमा बढी समय खर्चिन थालेका छन्। उनी अहिले हरेक दिन बिहान ८ बजे मन्त्रालय आउन थालिसकेका छन्। यसले पनि अर्थ मन्त्रालयमा बजेटको चटारो स्पष्ट पार्छ।

मन्त्रालयले अहिले बजेट तयारीदेखि बजेट सार्वजनिक गर्ने जेठ १५ गतेसम्मको कार्यसूची बनाएर बजेट तर्जुमा गरिरहेको छ।

यो कार्यसूची चैत १ गतेदेखि नै लागू भइसकेको छ। साथै मन्त्रालयले आगामी बजेट कार्यक्रमको लागि सुझाव माग समेत गरेको छ।बजेटमा समावेश गरिनुपर्ने नीति तथा कार्यक्रमका सम्बन्धमा आफ्ना सुझावहरु आगामी वैशाख ५ गतेसम्म उपलब्ध गराउन सूचनामा भनिसकेको छ।मन्त्रालयका अनुसार नयाँ बजेटमा विभिन्न संघ, संस्था, बुद्धिजीवी, विज्ञ, राजनैतिक दल, व्यवसायी, समाजसेवी, पेशाकर्मी, कर्मचारी, सञ्चारजगत् तथा आम नागरिकहरुले सुझाव दिन सक्नेछन्।

त्यस्तै अर्थ मन्त्रालयले बजेट लेखनको लागि टोली नै बनाएर खटिएको छ।आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख राम प्रसाद घिमिरेको नेतृत्वमा गठित टोलीलाई आगामी आर्थिक वर्षको बजेट लेखन अर्थात् विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताको मस्यौदा तयार गर्ने जिम्मेवारी दिइएको छ।

यो टोलीमा अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपाल, राजस्व व्यवस्थापन महाशाखा प्रमुख रामेश्वर दंगाल, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वयन महाशाखा प्रमुख श्रीकृष्ण नेपाल, बजेट तथा कार्यक्रम महाशाखा प्रमुख धनीराम शर्मा र योजना, अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख सुमन दाहाल छन्।

Facebook Comments Box

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *