काठमाडौं, चैत्र १७
नेपालमा आज १६७ जनाका बिरामी थपिएका छन । पछिल्लो २४ घण्टामा ३ हजार १४० जनामा परिक्षण गरिएकोमा १६७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै, आज ११५ जना निको भएर घर फर्केका छन । अब निको हुन बाँकी रहेको संख्या १ हाजार ३९० रहेको छ । आज कोरोना संक्रमणबाट ३ जनाको ज्यान गएको छ । यससँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ३० पुगेको मन्त्रालयले जनाएको छ।


















