लुम्बिनी प्रदेशसभाको वर्षे अधिवेशन स्थायी राजधानीमै गर्ने तयारी

ByLumbini Darpan Online

१७ चैत्र २०७७, मंगलवार १४:०१ १७ चैत्र २०७७, मंगलवार १४:०१ १७ चैत्र २०७७, मंगलवार १४:०१

लुदअ बुटवल, चैत १७

राप्ती प्राविधिक शिक्षालयको जग्गा र सम्पत्ति प्रयोगको अधिकार संघीय सरकारले प्रदेश सरकारलाई दिएपछि लुम्बिनी प्रदेशसभाको वर्षे अधिवेशन प्रदेशको स्थायी राजधानीमै गर्ने तयारी थालिएको छ । प्रदेशसभाको भोलि चैत १८ गतेदेखि हिउँदे अधिवेशन बस्दैछ। हिउँदे अधिवेशन बढीमा ५ वटा बैठक बसेर सकिनेछ । त्यसपछि बस्ने वर्षे अधिवेशन भने दाङ देउखुरीमै बस्ने गरी तयारी थालिएको हो।

दाङको राप्ती गाउँपालिकाको मौरीघाटस्थित राप्ती प्राविधिक शिक्षालयको जग्गा र सम्पत्ति प्रयोगको अधिकार संघीय सरकारले प्रदेश सरकारलाई दिएको छ । गत चैत ५ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले लुम्बिनी प्रदेश मुख्यमन्त्री कार्यालयलाई पत्र लेखी जग्गाको भोगाधिकार लुम्बिनी प्रदेश सरकारलाई दिइएको उल्लेख गरेको छ ।

लुम्बिनी प्रदेश सरकारले प्रदेशको स्थायी राजधानी दाङको राप्ती उपत्यकालाई तोके पनि जग्गा र संरचना अभावमा प्रदेशसभा सचिवालय, सरकारका मन्त्रालय तथा विभिन्न विभागहरू प्रदेशको मुकाम बुटवलमै रहेका छन् । यही बीचमा सरकारले गरेको यो निर्णयले प्रदेशसभालाई पनि देउखुरीमा लैजानको लागि बाटो खुलेको चर्चा चल्न थालेको छ ।

प्रदेशसभा सचिवालयका अधिकृत हरिहर पोख्रेलले सरकारले शिक्षालयको भवनमा प्रदेशसभाको तयारी गर्न आग्रह गरेमा आफूहरू तयार रहेको बताएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *