
लुदअ चैत १७, बुटवल
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र सशस्त्र प्रहरी प्रमुखको एकसाथ सरुवा भएको छ । गृह मन्त्रालयले सोमबार प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेको सरुवा गरेको छ। घिमिरेको ठाउँमा अस्मान तामाङलाई रुपन्देही पठाइएको छ । सोमबारै रुपन्देहीका प्रहरी उपरिक्षक प्रवीण पोखरेल र सशस्त्र प्रहरीका उपरिक्षक भरत खनियाको पनि सरुवा गरिएको छ।
रुपन्देहीमा प्रहरी प्रमुख भएर मनोज केसी आउने भएका छन्। सशस्त्र प्रहरीले राजेश उप्रेतीलाई पठाएको छ । फागुन २१ गते मोतिपुर औद्योगिक क्षेत्रको शिलान्यासका क्रममा झडप हुँदा अर्थमन्त्री विष्णु पौडेल र उद्योग मन्त्री लेखराज भट्टलाई सुरक्षा दिन नसकेको भन्दै सरुवा गरिएको बताइएको छ ।