ट्याक्टर दुर्घटना : १ जनाको मृत्यु २ जना घाईते चालक फरार

[sharethis-inline-buttons]
चैत १८, ।
गएराती प्युठानमा ट्याक्टर पल्टिँदा  १ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि अन्य २ जना घाईते भएका छन् । मच्छी बजारबाट निर्माण सामाग्री बोकेर बादीकोट जाँदै गरेको लु ३ त १०८३ नम्बरको ट्याक्टर झिमरूक गाउँपालीका ३ डोहोटेपानीमा दुर्घटना हुदा सोही गाउँपालीका २ कमिरेपानीका २९ बर्षिय धर्बिन्द्र रामतको ज्यान गएको हो । घाईते ३४ बर्षिय प्रेम सामतलाई थप उपचारका लागि बुटवल ल्याईएको छ भने अन्य २० बर्षिय कृष्णा क्षेत्रीको जिल्ला अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी देवीप्रसाद गैरेले जानकारी दिए  । चार जना सवार बोकेर गुडिरहेको ट्याक्टर एक्कासी सडकमा अनियन्त्रित भई सडकबाट झन्डै तीस मिटर तल खसी दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटना पछि ट्याक्टर चालक भने फराहर रहेको प्रहरीले जनाएको छ ।


प्रकाशित : २०७७ चैत्र १८, बुधबार ०७:५४