अर्कैको एटिएम प्रयोग गरी पैसा निकाल्ने चिनियाँ नागरिक पक्राउ

ByLumbini Darpan Online

१८ चैत्र २०७७, बुधबार १०:४८ १८ चैत्र २०७७, बुधबार १०:४८ १८ चैत्र २०७७, बुधबार १०:४८

काठमाडौँ, चैत्र १८

काठमाडौंको ज्याठामा एटीएम ह्याक गरी पैसा निकाल्न लागेका चिनियाँ नागरिक पक्राउ परेका छन्।काठमाडौं प्रहरी परिसरले मेगा बैंकको एटीएम मेसिनको किबोर्ड पिन नम्बर ह्याक गरी नगद निकाल्ने प्रयास गरिरहँदा पक्राउ गरेको हो।

पक्राउ पर्नेमा चिनियाँ नागरिक २९ वर्षीय योङ छियालोङ रहेको काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले बताए।बैंकबाट खबर आउनासाथ दरबारमार्ग र काठमाडौं परिसरबाट प्रहरी खटिएको थियो। उनी ज्याठास्थित होटल मन्टेसको चौथो तलाको ४०५ नं कोठामा बसेका थिए।

उनी बसेको कोठा खानतलासी गर्दा १० वटा विभिन्न किसिमका चाबि, विभिन्न खालका एटीएम कार्ड १० थान, ड्रिल मेसिन, चीन, अमेरिका र नेपाली रकम लगायत बरामद गरीएको प्रहरीले जनाएको छ ।ती चिनियाँ नागरिक मंगलबार मात्रै नेपाल आएको पाइएको प्रहरीले जनाएको छ।मेगा बैंकले समयमै खबर गरेका कारण ठूलो क्षति हुनबाट बचेको एसएसपी सिंहले बताए।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *