काठमाडौं, चैत १८
आज नेपालमा १६२ जनामा कोरोना भाइरसक बिरामी थपिएका छन । । वितेको २४ घण्टामा ३ हजार ९१९ जनामा परिक्षण गरिएकोमा १६२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुलसंख्या २ लाख ७७ हजार ३०९ पुगेको छ ।
त्यस्तै, आज ५९ जना कोनाका रोगी कोरोना मुक्त भएका छन । यससँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या २ लाख ७२ हजार ७८६ पुगेको छ । हाल नेपालमा कोरोनाका संक्रिय संक्रमितको संख्या १ हजार ४९३ रहेको छ । आजसम्म नेपालमा ३ हजार ३० जनाको मृत्यु भएको छ । तर आज कोरोना संक्रमणबाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले बताएको छ ।




















