काठमाडौं, चैत १९।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपाको नाम सम्बन्धी पुनरावलोकनको लागि दर्ता गर्नुभएको निवेदनमा पुनरावलोकन नहुने सर्वोच्च अदालतले फैसला गरेको छ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता बदर गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध परेको पुनरावलोकन निवेदन माथि आज सुनुवाइ भएको हो।
प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा सहितको बेन्चले आज सो निवेदनमाथि सुनुवाइ गरेको हो ।प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा सहितको आज बसेको बेन्चद्वारा अघिल्लो फैसला नै ठीक भएको ठहर भएको सर्वोच्च स्रोतले जानकारी दिएको छ।



















