
काठमाडौं चैत्र १९
नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपीओलीको गुट राज्यदोहनमा लागेको गिरोह भएको आरोप समेत लगाएका छन्। ओली असीमित सत्ताभोगको अतृप्त तृष्णाले ‘म’ र ‘मेरो’ बाहेक केही नदेख्ने बनाएको टिप्पणी गरेका छन्।
असीमित सत्ताभोगको अतृप्त तृष्णाले कमरेड ओलीलाई ‘म’ र ‘मेरो’ बाहेक केहि नदेख्ने बनाएको छ । ‘म बस्न नपाउने कुर्ची भाँची दिन्छु,’ यो उनी आफैले कबुल गरेको जीवन दर्शन हो,’ भुसालले फेसबुकमा लेखेका छन्, ‘एउटा धरै राम्रो पार्टीलाई उनले गुटमा बदलेका थिए, अहिले त्यो गुट राज्य दोहनमा लागेको गिरोहमा परिणत भएको छ ।’
उनले ओलीको व्यक्तिवादी, अवसरवादी दक्षिणपन्थी तथा विसर्जनवादी ताण्डवलाई पराजित गरेर लोकतन्त्र र वामपन्थको ऋण तिर्ने पनि बताएका छन् । नेता भुसालले ओलीले गरेको बर्बादीको लागि माफी पनि मागेका छन् ।
‘उनको व्यक्तिवादी, अवसरवादी, दक्षिणपन्थी तथा विसर्जनवादी ताण्डवलाई पराजित गरेर हामीले लोकतन्त्र र वामपन्थको ऋण तिर्नेछौँ, मेरो पार्टीको अध्यक्ष भएर उनले गरेका बर्बादीका लागि मैले दुनियाँसँग माफी माग्छु,ुउनले ट्वीटमा लेखेका छन्।