महेन्द्रनगर, चैत्र २०
पछिल्लो समय भारतमा कोरोना संक्रमण बढ्न थालेपछि नेपालको पश्चिमी सीमा नाकाबाट नेपाल फर्किनेको संख्यामा वृद्धि भएको छ ।
अहिले कोरोना संक्रमण तीव्र बनेका दिल्ली, पञ्जाब, महाराष्ट्र, गुजरात र देहरादुन लगायत सहरबाट नेपालीहरु धमाधम स्वदेश फिर्ता हुन थालेका हुन्। अहिले कञ्चनपुरको गड्डाचौकी र गौरीफन्टा नाकाबाट दैनिक एक हजारको हाराहारीमा नेपालीहरु स्वदेश फिर्ता भइरहेका छन्।
पछिल्लो एक साताको अवधिमा गड्डाचौकी र गौरीफन्टा नाकाबाट ८ हजार १ सय ३५ जनास्वदेश फर्किएका छन्। यस्तै गड्डाचौकी नाकाबाट दिनहुँ दुई÷अढाई सयको संख्यामा भारततर्फ पनि गइरहेका छन्।
कञ्चनपुरको गड्डाचौकी नाकाबाट पछिल्लो एक सातामा २ हजार ५ सय ३३ जना स्वदेश र गौरीफन्टा नाकाबाट ५ हजार ६ सय २ जना नागरिक स्वदेश फर्किएको प्रहरीको तथ्यांक छ।



















