काठमाण्डौ , चैत २१,
प्रधानमन्त्री केपी शर्मा ओलीले आज सडक विकास कार्यक्रमको शुभारम्भ गर्न लागेका छन । बालुवाटारबाट स्वीच थिचेर निर्वाचन क्षेत्र रणनीतिक विकास कार्यक्रमको शुभारम्भ गर्न लागेका हुन ।
देशभरका हरेक निर्वाचन क्षेत्रमा एकएक वटा सडक निर्माण गर्नेगरी कार्यक्रमको शुभारम्भ हुन लागेको सडक विभागले बताएको छ । यस वर्ष सरकारले देशका हरेक निर्वाचन क्षेत्रमा एउटा सडक बनाउने कार्यक्रमका लागि ३ अर्ब २० करोड रुपैयाँ बजेट छुट्याएको छ ।नयाँ बन्ने सडकहरुको अध्ययन प्रतिवेदन भने तयार भइनसकेको विभागले बताएको छ ।


















