काठमाडौँ, चैत २१
बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी किशोरी निर्माला पन्तको हत्याराको नजिक पुगेको नेपाल प्रहरीले दावी गरेको छ । घटनाको घटेको तिन बर्ष पग्न लाग्दा कन्चनपुर प्रहरी अहिले घटनामा संलग्न दोषी नजिक पुगेको दावी गरेको हो । सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक मुकेश सिंहका अनुसार अहिले घटनाको सुक्ष्म अध्ययन भइरहेको छ । कन्चनपुर प्रहरी अहिले सघन, सुक्ष्म, अध्ययन अनुसन्धान गरिरहेको छ । उहाँले गोरखापत्र अनलाइनलाई भन्नुभएको छ,, “प्रहरी, हत्याराको एकदम नजिक पुगिसकेकाले अबको केही दिनमै सार्वजानिक गर्नेछौँ ।”
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले २०७५ साल कार्तिक १५ गते प्रहरी प्रधान कार्यालयमा फाइबर जाँच गर्न सर्टको टुक्राको पठाएको थियो । तर त्यसको अहिलेसम्म जाँच गरिएको छैन । त्यसकारण घटनाको अनुसन्धानमा फेला परेको भनिएको महत्वपूर्ण ‘क्लु’ को वैधानिकता पुष्टि भएको छैन ।
२०७५ साल साउन ११ गते भीमदत्त नगरपालिका–१८ निम्बुखेडास्थित उखुबारीमा निर्मला पन्तको शव बलात्कारपछि हत्या गरेको अवस्थामा फेला परेको थियो ।




















