
काठमाडौं, चैत २२
नेपालमा आज १७६ जना कोरोनाका बिरामी थपिएका छन । पछिल्लो २४ घण्टामा ३ हजार ४५६ जनामा परिक्षण गर्दा १७६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयले जनाएको छ।
त्यस्तै आज ११७ जना संक्रमित निको भएर घर फर्केका छन । अब निको हुन बाँकी १ हजार ६७२ रहेको मन्त्रालयले जनाएको छ।
यस्तै आज कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । आजसम्म कोरोना संक्रमणबाट नेपालमा ३ हजार ३२ जनाको मृत्यु भइसकेको छ ।